काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीलाई सिफारिस नगरेको बताएका छन् । आइतबार राजधानीमा सम्पादकहरुसँगको कुराकानीमा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आँफूले कार्कीलाई प्रधानमन्त्री बनाउन लेखेको पत्र सार्वजानिक गर्न चुनौती समेत दिएका छन् ।
छलफलका बेला उनले भने ‘मैले त्यही सहमति अनुसार, मैले त्यो भाषामा सिफारिस गरेको थिएँ । परेको बेलामा प्रति त निस्किन्छ । सुशीला कार्कीजीको मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गरिदिए हुन्छ । प्रचण्डजी सँग प्रमाण छ भने निकालिदिए हुन्छ त ?’
प्रचण्डले हिजोमात्रै एक सार्वजनिक कार्यक्रममार्फत ओलीले कार्कीलाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस पत्र आफूले पढेको दाबी गरेका थिए । तर, उनले आफूले देशको परिस्थिति हेरेर राष्ट्रपतिसमक्ष नयाँ सरकारका लागि कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नयाँ सिफारिस भने गरेको स्वीकारेका छन् ।





























प्रतिक्रिया