काठमाडौँ । जेनजी आन्दोलनका २ हजार ४ सय २९ घाइतेलाई सरकारले भैपरी खर्चवापत ४८ लाख ५८ हजार खर्च गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा सो रकम मध्य प्रति व्यक्ति २० हजार वितरण गरेको हो।
पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै २ हजार ८ सय ७६ परिचयपत्र वितरण गरिएको छ , जसध्ये ३८ वटा अस्पतालमार्फत प्रदान गरिएको हो । सरकारले घाइतेको निःशुल्क उपचारका लागि जेन–जी क्लिनिक, हटलाइन र आवतजावत सुविधा उपलब्ध गराएको छ । उपचारमा १ अर्बभन्दा बढी खर्च भएको खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृतक ५३ जनाका परिवारलाई १५ लाखका दरले राहत (१० लाख सहायता रं ५ लाख किरिया खर्च) सरकारले प्रदान गरेको छ, जसमध्ये ४९ परिवारले उक्त रकम प्राप्त गरेका छन्, ४ जनाको प्रक्रिया बाँकी रहेकोछ। आन्दोलनमा ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि सवारी र हेलिकप्टरको व्यवस्था गरिएको थियो ।
आन्दोलनमा ७६ जनाको मृत्यु भयो, जसमा ५३ नागरिक, ३ प्रहरी, १० कैदी र १ विदेशी रहेका छन्। १२ जनाको पहिचान हुन अझै बाँकी छ। शहीद घोषणा र क्षतिको जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरी छानविन प्रक्रिया लाई अगाडी बढाईएको छ । काठमाडौंमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माणको निर्णय समेत सरकारले गरेको छ।
यो सहयोगले घाइते र मृतकका परिवारलाई तत्काल राहत पुगे पनि दीर्घकालीन पुनर्स्थापनाको छलफल भने जारी छ।





























प्रतिक्रिया