जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा

जुवातास खेल्ने १५ जना प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
15
Shares

कञ्चनपुर। आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहान करिब ४ः०० बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुबाट रु २७ हजार आठ सय ६५ नगद रकम बरामद गरेको छ ।

त्यसैगरी, आजै बेदकोट नगरपालिका–३ दैजीस्थित योगसिंह मालीको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरी पोस्ट दैजीबाट खटिएको टोलीले छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूबाट रु ५१ हजार २६० नगद रकम बरामद गरेको छ ।

Logo