काठमाडौँ

प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदैछन् । "/>

प्रधानमन्त्रीको चीन भ्रमण आजदेखि : यी हुन् छलफलका एजेन्डा

प्रधानमन्त्रीको चीन भ्रमण आजदेखि : यी हुन् छलफलका एजेन्डा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी ओली ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार बेइजिङ जाँदैछन् । चीनका प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा उनी निजी क्षेत्रको हिमालयन एयरलाइन्सको उडान नम्बर ‘हिमालयन ००१’ बाट बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्दै छन् । निजी खर्चमा जाने व्यवसायी र पत्रकारसमेत गरी एक सय १८ सदस्यीय टोली ओलीसँगै चीन जाँदैछ । उनको चीन भ्रमणमा निम्न एजेण्डा तय गरिएको छ ।

नेपालका आठवटा सीमाबिन्दुमा वर्षाको समयमा सामान ढुवानीका लागि तिब्बतको राजमार्ग प्रयोग गर्नेसम्बन्धी प्रोटोकल ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नेसम्बन्धी समझदारीपत्र ।

नेपाल र चीनबीच परियोजना अनुगमन तथा समस्या समाधानका लागि सहसचिवस्तरको संयन्त्र गठनसम्बन्धी समझदारीपत्र ।

रसुवा र सिन्धुपाल्चोकस्थित नाकामा मितेरी पुल निर्माण ।

जैविक कृषिको उत्पादकत्व वृद्धि गर्नेसम्बन्धी चिनियाँ सहयोग सम्झौता ।

चिनियाँ सहयोगमा सात प्रदेशमा नेपाल प्रहरीका लागि आपत्कालीन उद्धार युनिट निर्माणसम्बन्धी सम्झौता ।

मस्र्याङ्दी नदी प्रणालीमा नेपाली र चिनियाँ निजी क्षेत्रको लगानीमा ९६० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजना निर्माण ।

चिनियाँ बैंकको शाखा नेपालमा स्थापना गर्नेसम्बन्धी चाइनिज बैंकिङ रेगुलेटरी कमिसन र नेपाल राष्ट्र बैंकबीच समझदारीपत्र निर्माण ।

तियान्जिन, सांघाई र ग्वान्जाओका तीन बन्दरगाह तथा तिब्बतमा दुई सुक्खा बन्दरगाह निर्माणसहित पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर (समय अभावका कारण यो नहुन पनि सक्ने) ।

स्वतन्त्र व्यापार सम्झौताका लागि थप छलफल हुने । यसको सम्भाव्यता अध्ययनसम्बन्धी सहमति हुन सक्ने । नेपालले चीनसँग व्यापार गर्ने सहज आधारको खोजीपछि मात्रै अन्तिम रूप दिइने ।

तानोपानी सीमानाका खुला गर्ने तथा सीमाबिन्दुका पूर्वाधारको स्तरोन्नति ।

रसुवामा सुक्खा बन्दरगाह तथा सीमापार आर्थिक सहायता क्षेत्र निर्माण ।

सबै मौसममा सञ्चालन हुन सक्ने गरी उत्तर–दक्षिण कोरिडोरको स्तरोन्नति । जस्तै : दुई लेनको हुने गरी किमाथांका–खाँदबारी–धनकुटा–रानी सडक निर्माण, जमुनाहा–हिल्सासहितको कर्णाली करिडोर, ठोरी–केरुङ करिडोर, कोदारी–वीरगन्ज करिडोर, भिट्टामोड–लामाबगर करिडोर निर्माण ।
टोखा–छहरे सुरुङमार्ग निर्माण ।

गल्छी–केरुङ ४०० केभी प्रसारण लाइन, बुटबल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी विद्युतीय प्रसारण लाइन, पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइन, कर्णाली तथा कोसी कोरिडोर प्रसारण लाइन, काठमाडौं चक्रपथमा मोनोरेल निर्माण ।

ऊर्जा सहकार्यका लागि ऊर्जासचिव र सहसचिवस्तरको संवाद संयन्त्र गठन ।

किमाथांका अरुण ४५० मेगावाट, तमोर ७६२ मेगावाट, सुनकोसी दुई १११० मेगावाट, सुनकोसी तीन ५३६ मेगावाट, नलसिंहगाड ४२६ मेगावाट, उत्तरगंगा ३ सय मेगावाट जलविद्युत् परियोजना निर्माण ।
सिँचाइ तथा जलस्रोत परियोजना : पाँचखाल उपत्यका लिफ्ट सिँचाइ परियोजना, सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजना, पूर्वी तराई नदी व्यवस्थापन परियोजना, मध्यपहाडी लिफ्ट सिँचाइ परियोजना ।

मदन भण्डारी विज्ञान तथा प्रविधि केन्द्र ।

काठमाडौं चक्रपथ २७ किलोमिटर विस्तारको दोस्रो र तेस्रो चरण परियोजना ।

नेपाल–चीन सिमानामा गस्तीका लागि संयुक्त सीमा सुरक्षा प्रणाली निर्माण ।

सातै प्रदेशमा साना खालका शैक्षिक तथा जनस्वास्थ्य भवन निर्माण ।

नेपाल र चीनबीच परराष्ट्र मन्त्रालयको सहसचिवस्तरमा परियोजनामा संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्र गठन ।

जैविक कृषि उत्पादनका लागि चिनियाँ सहयोग ।

चिनियाँ सहयोगमा नुवाकोट, ललितपुर र तनहुँमा तेल भण्डारण केन्द्र निर्माणसम्बन्धी सम्झौता ।
सीमा व्यवस्थापन प्रणाली व्यवस्थापन ।

सुपुर्दगी सन्धि तथा अपराधसँग सम्बन्धित विषयमा आपसी कानुनी सहायता सन्धिबारे छलफल ।
मानवस्रोत विकास तथा चीनमा नेपाली छात्रवृत्ति बढोत्तरीसम्बन्धी विषय ।

नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo