काठमाडौँ
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जाम कम गर्न काभ्रेको नागिडाँडामा निर्माण गर्न लागेको आन्तरिक विमानस्थलका लागि २५ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५/०७६ भित्रै विमानस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन र डीपीआरका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको हो ।
तर विमानस्थल निर्माणका लागि आवश्यक सम्भावता अध्ययन र डीपीआर निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गर्ने सिलिङ मन्त्रालयमा पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । प्राधिकरणले विमानस्थल निर्माण प्रक्रिया थालनीका लागि विनियोजन गर्न लागेको रकम अति नै न्यून भएको भन्दै २५ करोड रुपैयाँ छुट्टयाउन लागेको मन्त्रालयको भनार्इ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो आन्तरिक उडान चाप कम गर्दै अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजलाई बढी भन्दा बढी उडान तालिका दिन पनि नागिडाँडामा विमानस्थल छिटो बनाउनु पर्ने मन्त्रालयको भनार्इ छ ।
काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण थालनी गर्ने तयारीका साथ सरकारले आगामी आवको बजेटमा पनि रकम व्यवस्था गरेको छ । सोही अनुरुप आगामी वर्ष भित्र विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन र डीपीआर निर्माण गर्न २५ करोड रुपैयाँ विनियोजन गर्ने तयारी भएको मन्त्रालयको भनाइ छ । विनियोजन हुने बजेट भने प्राधिकरणको बोर्ड बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया