काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । "/>

श्रद्धाञ्जलि दिन प्रधानमन्त्री अस्पतालमा : देवकोटाको आज दाहसंस्कार गरिने कार्यक्रम

श्रद्धाञ्जलि दिन प्रधानमन्त्री अस्पतालमा : देवकोटाको आज दाहसंस्कार गरिने कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित न्यूरो अस्पताल पुगी दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा प्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओलीले देवकाटोको परिवारलाई भेटेर समवेदना पनि प्रकट गरेका हुन् । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली र वरिष्ठ मन्त्रीहरु डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न अस्पताल पुगेका थिए ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ लगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे । अस्पताल परिसरमा देवकोटाप्रति श्रद्धाञ्जलि दिन सर्वसाधरण र शुभेच्छुकको भीड लागेको थियो ।

यता नेपाली काँग्रेसले पनि वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति शोक व्यक्त गर्दै उनको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताएका छन् ।

डा देवकोटाको निधनबाट चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ, “दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उनले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हेटौँडामा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा देवकोटाको निधन प्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पनि वरिष्ठ न्यूरो सर्जन डा देवकोटाको निधनप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेको छ । देवकोटाको आज विद्युतिय शवदाह गृहबाट दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।

 

Logo