काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व दिने भनिएका गणपतिलाल श्रेष्ठले मन्त्रालय परिवर्तन गरिएपछि आफूले मन्त्री पद अस्वीकार गरेको बताएका छन् । आँफूलाई दिने जिम्मेवारी दिने भनिएको मन्त्रालय नपाएपछी अन्य मन्त्रालयको जिम्मेवारी नलिएको श्रेष्ठले बताएका छन् ।
उनले शनिबार (कात्तिक ८ गते) प्रधानमन्त्रीले नै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि तयारी गर्न भनेको पनि दाबी गरेका छन् । तर, अचानक आफूलाई जानकारी नदिई मन्त्रालय फेरिएको उनको आरोप छ ।
आइतबार साँझ एक विज्ञप्तिमार्फत श्रेष्ठले आफूलाई गृहमन्त्रीले ठूलै शक्ति लागेको बताएको पनि दाबी गरेका छन् ।
केही समयपछि गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको र उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको र प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको र सो पश्चात् प्रधानमन्त्री सचिवालयमा फोन गरेको र सो पछि सम्माननीयज्यूलाई भेटी आफूलाई जानकारी नै नदिई के आधारमा मन्त्रालय हेरफेर गर्नुभएको भनी सोधेको र आफू मन्त्री बन्नका लागि नआएको तर आफ्नो विज्ञताले योगदान दिन र यो संकटमा देशका लागि लामो समय संघर्ष गरेको नागरिकको हिसाबले सेवा गर्न आएको हो भनी बताएको थिएँ । सो पछि उहाँले मैले अरूलाई वचन दिइसकेको जानकारी गराउनुभयो । मैले हिजो बेलुका मलाई दिनुभएको वचन चाहिँ के ? भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्को तिर हेर्नुभयो, विज्ञप्तिमा भनिएको छ ।































प्रतिक्रिया