काठमाडौं । दोस्रो ठूलो दल मानिएको नेकपा एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार रहेको छ । आगामी मंसिरको अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको एमालेले आफ्नो पार्टी सदस्य संख्या सार्वजानिक गरेको हो । यसअघि ५ लाख ४० हजार पार्टी सदस्य रहेको र पछिल्लो समय २८ प्रतिशतले सदस्य संख्या बढाएको एमालेले जनाएको छ ।
एमाले संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने ।
आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको जानकारी दिँदै गौतमले भने, ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरु सचिवालय बैठकले निर्णय गर्छ ।’





























प्रतिक्रिया