काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक लामो रस्साकस्सीपछि सुरु भएको छ । बुधबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक सुरु भएको हो ।
आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकलौटी रुपमा सचिवालय बैठक राख्ने चेतावनी दिएसँगै मन्त्रिपरिषद्को बैठक २ बजेलाई सार्दै प्रधानन्त्री ओली पनि सचिवालय बैठकमा सहभागी भएका छन् ।































प्रतिक्रिया