मुख्यमन्त्री कार्कीद्वारा छठपर्वको शुभकामना

मुख्यमन्त्री कार्कीद्वारा छठपर्वको शुभकामना

केन्द्रबिन्दु
3
Shares

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रुपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका छन्। “यस पर्वले हामी सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास लिएको छु,” उनले भनेका छन् ।

छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबीचको सन्तुलन सन्देश दिने उनले उल्लेख गरेका छन् । “यसले श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको अपरिहार्यताको बोध पनि गराउँछ,” शुभकामना सन्देशमा भनिएको छ, “पर्वले आपसी सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश बोकेको र हामी सबैलाई शान्ति, समृद्धि तथा उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भत्रे कामना गर्दछु ।”

कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उनले सन्देशमा उल्लेख गरेका छन्। प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवद्र्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । मुख्यमन्त्री कार्कीले सन्देशमा भनेका छन्, “सबै समुदायको आपसी सम्मान, सहिष्णुता र एकतामा नै हाम्रो साझा बल र विकासको आधार रहेको मैलै विश्वास लिएको छु ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न पनि हाम्रा विविधतायुक्त संस्कृति र परम्पराहरु महत्वपूर्ण कोसेढुङ्गा हुने मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन् । उनले सूर्य भगवानप्रति समर्पित पवित्र छठ पर्वले सबैमा नयाँ ऊर्जा, उत्साह र उमङ्गका साथ स्वस्थ जीवन, सुख, शान्ति र प्रगतिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको सन्देशमा उल्लेख गरेका छन्।

Logo