काठमाडौँ। काठमाडौँ। गायक तथा अभिनेता प्रकाश सपुतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु आफ्नो गल्ती भएको बताएका छन्।
आफ्नो पछिल्लो चलचित्र ‘सोल्टिनी’ को प्रचारका लागि आयोजित एक कार्यक्रममा उनले ओलीको प्रशंसा गर्नु आफ्नो ठूलो गल्ती भएको बताएका हुन् ।
यसअघि उनको अघिल्लो चलचित्र ‘वसन्त’ सार्वजनिक हुनुअगाडी एक कार्यक्रमलाई सम्बोधन गर्दै सपुतले ‘सङ्घर्ष गर्नेहरूका लागि केपी ओलीको जीवन प्रेरणादायी रहेको’ भन्दै प्रशंसा गरेका थिए।
सपुतको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएका थिए। यतिसम्म कि उनको चलचित्र बहिष्कार गर्नुपर्ने धारणा समेत आक्रोशित दर्शकहरूबाट आइरहेका थिए। यही विवादका कारण पनि उनको सो चलचित्र अपेक्षित चल्न सकेन।
सोही प्रसङ्गलाई लिएर ‘सोल्टिनी’ को प्रचार कार्यक्रममा एक पत्रकारले सपुतलाई, ‘तपाईंले केपी शर्मा ओलीको प्रशंसा गर्नु गलत भयो ?’ भनी प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफमा सपुतले संक्षिप्त जवाफ दिँदै भने, ‘गलत भयो।’































प्रतिक्रिया