पोर्चुगलका सुपरस्टार फर्वाड क्रिष्टियानो रोनाल्डोले शुक्रवार राती स्पेनविरुद्धको खेलमा प्रेरणादायी प्रदर्शन गरेपछि विश्व फुटबलका उनका अर्का प्रतिद्धन्दि लियोनेल मेस्सिलाई त्यस्तै प्रदर्शन गर्न दबाव बढेको छ ।
अर्जेन्टिनाले आज आफ्नो पहिलो खेलमा यूरोपेली टोली आइल्याण्डको सामना गर्दैछ ।
अर्जेन्टिनाविरुद्ध आइसल्याण्डको खेल, विश्वकपमा सहभागि सबैभन्दा सानो राष्ट्रविरुद्ध विश्वकपका सबैभन्दा ठूला खेलाडीको पनि हो ।
आज आइसल्याण्ड बिरुद्ध हुने खेलमा मेस्सिको जादू कतिको चल्ला ? सबैको चासो अहिले यसैमा टकेको छ । गएराती स्पेनजस्तो शसक्त टोलीविरुद्ध रोनाल्डो एक्लैको प्रदर्शनले सबैलाइ आश्चर्यचकित बनायो । रोनाल्डोको खेल हेरेका विश्वभरका फुटबल प्रशंसकले आज मेस्सिबाट पनि त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा राख्नु स्वाभाविक हो । पछिल्लो एकदशक विश्व फुटबलमा यिनै दुइ खेलाडीको चर्चा चलिरहेको छ ।
तुलनात्मक रुपमा पोर्चुगलका रोनाल्डोलाई स्पेन बिरुद्ध ह्याट्रिक गोल गर्नु भन्दा आज मेस्सिलाइ आइसल्याण्ड केही सहज देखिएको छ । पोर्चुगल फिफा बरियातामा आफु भन्दा माथीको राष्ट्रसंग भिडेको थियो आज मेस्सि वरियातामा निकै तल रहेको आइसल्याण्डसंग भिड्दैछन् ।
त्यसैपनि राष्ट्रिय टोलीका लागि राम्रो प्रदर्शन गर्न नसकेको आरोपबाट मुक्त हुन खोजिरहेका मेस्सिबाट आज उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्न सकिन्छ ।
अर्जेन्टिना र आइसल्याण्डविचको खेल आज साझ पौने सात बजे शुरु हुनेछ ।
मेस्सी र रोनाल्डो को बढी चमत्कारी ?





























प्रतिक्रिया