एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।

व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात, आपराधिक लाभ तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् ।

भट्टचनमाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान थालिएको छ ।

Skip This
Skip This
Logo