काठमाडौं । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’नामक आँधीको प्रभाव रहेको मौसम विद्हरूले बताएका छन्। यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ ।
बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भएपनि त्यसको असर नेपालसम्म पुग्ने संकेत देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार, मन्था आँधीको कारण आगामी केहीदिन नेपालभर वर्षा र बादलयुक्त मौसम रहने सम्भावना छ ।
केन्द्रविन्दुसँग कुरा गर्दै उनले भने, ‘बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हिजो बेलुका देखिनै प्रवेश गरिसकेको मन्था नाम गरेको आँधी पश्चिमतिर आइरहेको अवस्था छ ।
बिस्तारै अब उत्तरतिर सर्ने क्रममा हाम्रो नेपालतिर पनि त्यसको बादलहरू बेलुकाबाट देखिन सकिन्छ । त्यसकारणले भोलि–पर्सि या शनिबारसम्म नेपालभरको मौसम बढी प्रभावित हुने देखिएको छ ।’
मन्थाआँधीको प्रभावले आगामी केहीदिन विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
उनकाअनुसार कोशीदेखि लुम्बिनी सम्मका धेरै क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । ‘विशेष गरेर कोशी, मधेस प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागहरूमा बदलीहुने, धेरै स्थानमा वर्षा हुने, कतिपय स्थानमाभारी वर्षा पनिहुन सक्ने देखिएको छ,’उनले भने, ‘उच्च हिमाली भूभागमा हिमपात पनि हुन सक्ने देखिएको छ,’पौडेलले भने ।
उनले विशेषगरी मधेस प्रदेशमा भारीवर्षा हुन सक्ने भन्दै कोशी प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्ने बताए ।उनले धेरै स्थानहरुमा हिमपातको सम्भावना रहेको समेत बताए ।
‘कोशी, बागमती प्रदेशको उच्च हिमाली भूभागहरू, त्यस्तै गण्डकी प्रदेशको उच्च हिमाली भूभागहरूमा केही स्थानमा भारी हिमपात छ भने, केही स्थानमा मध्यम हिमपात हुने देखिएको छ,’पौडेलले भने ।
विशेष गरी कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन उनले आग्रह गरेका छन्। उनले समग्रमा शनिबार बिहान वा दिउँसो बाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको बताए ।
हिमालीक्षेत्रमा हिमपात भएको कारणले चिसो हावाको महसुस हुनुका साथै उनले पछिल्ला चक्रवातका कारण मौसम बदलीरही तापक्रम पनि घटेको बताए ।
‘चिसो कुरा गर्दाखेरी मनसुन पछिको समयमा बिस्तारै दिउँसोको दिन छोटो हुँदै जाने रात लामा हुँदै जाने हुन्छ । चक्रवातको कारणले बदली भयो तापक्रम दिउँसोको बढ्न पाएको छैन बीचमा पानी पनि परेको छ । कतिपय हिमाली क्षेत्रमा हिमपात पनि भएको कारणले गर्दा खेरि केही चिसो हावाको पनि महसुस भएको छ,’उनले भने ।
उनले बिहीबार मनाङ–मुस्ताङमा हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै बिहीबारको हकमा सावधानी अपनाउनु पर्ने बताए । उनले गण्डकी प्रदेश, बागमती, कोशी प्रदेशको खुम्बु क्षेत्र, गोक्यो क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा देखिएको बताए ।
उनले पदयात्रामा गएका यात्रुहरु लाई सुरक्षित भएर बस्नको लागि आग्रह समेत गरे । बिहीबार मौसम धुम्मभई शुक्रबार झरी पर्ने अवस्था रहेको जानकारी दिदैँ उनले काठमाडौं लगायत मधेस र कोशी प्रदेशमा झरी र हिमाली भेगमा हिमपात हुनसक्ने बताए ।
उनले आइतबारदेखि मौसम सफाहुने भन्दै त्यस अघिकिसानहरुको लागिधाननकाट्न समेत आग्रह गरेका छन् । उनले पश्चिम तराईका भूभागहरु, कैलाली, धनगढी लगाएतका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना नभएको समेत जानकारी दिए ।





























प्रतिक्रिया