जेनजी र दलसँग प्रधानमन्त्री कार्कीले भनिन्- मुलुक हाम्रो हो, कसैले आएर बनाइदिँदैन

जेनजी र दलसँग प्रधानमन्त्री कार्कीले भनिन्- मुलुक हाम्रो हो, कसैले आएर बनाइदिँदैन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक निर्माणको विषयमा सबै पक्षलाई आआफ्ना विचार खुलारूपमा राख्न आह्वान गरेकी छन् ।

जेनजी पुस्ताका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री कार्कीले देश विकास र सुशासनका लागि सबै विचारको आदानप्रदान गर्दै समाधान खोज्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले बैठकमा भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ ।’

Logo