काठमाडौं । जेनजी प्रतिनिधिहरूले आफ्ना मागहरूमा सरकार र मुख्य राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा जेनजी प्रतिनिधिहरूले आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको भन्दै दलका प्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जेनजी प्रतिनिधिहरूले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’































प्रतिक्रिया