काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
रिक्त हुने राष्ट्रिय सभा सदस्यमा सबैभन्दा बढी नेकपा (एमाले)का ८ जाना नेकपा (माओवादी केन्द्र)का ७ जना नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना रहेका छन् भने राष्ट्रपतिबाट मनोनित वामदेव गौतमको पनि पदावधि सकिँदै छ ।
आगामी फागुन २० मा बिदा हुने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसी रहेका छन् ।
माओवादीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् भने एकीकृत समाजवादीका डा. बेदुराम भुसाल नता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि सकिँदैछ ।
राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ ।































प्रतिक्रिया