केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको सुझाव- चुनावपछि नियमित महाधिवेशन गरौं

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाको सुझाव- चुनावपछि नियमित महाधिवेशन गरौं

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टीको आन्तरिक महाधिवेशन आमनिर्वाचनपछि मात्र गर्न उपयुक्त हुने सुझाव दिएकी छिन्।

पार्टीभित्र नियमित र विशेष महाधिवेशनको विषयमा चर्को बहस चलिरहेका बेला बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा
नेतृ खतिवडाले चुनावमा जाने हो भने सम्पूर्ण शक्ति चुनावमै केन्द्रित गर्नुपर्ने भन्दै यस्तो धारणा राखेकी हुन्।

निर्वाचनमा जाने अवस्थामा फागुन अघि महाधिवशेन हुन नसक्ने पनि बताएकी उनले भनिन्, ‘सर्वसम्मत रूपमा नियमित महाधिवेशनको समय तोकेर अगाडि जानुपर्‍यो । होइन, चुनावमा जाने हो भने चुनावपछि महाधिवेशन गर्नुपर्‍यो ।’

नेतृ खतिवडाले पार्टीको ऊर्जा र समयलाई अहिले महाधिवेशनको आन्तरिक किचलोमा खर्च गर्नुभन्दा निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन उपयोग गर्नुपर्नेमा जोड दिइन्।

साथै जेनजी मुभमेन्टको बारेमा आधिकारिक दृष्टिकोण कांग्रेसले नराखेकोमा पनि प्रश्न उठाइन् ।

Skip This
Skip This
Logo