काठमाडौं
राष्ट्रियसभाका सांसदको पदावधि तय गर्न असार ४ गते चिट्ठा हालिने भएको छ । राष्ट्रियसभाले आइतबार आफ्नो नियमावली पारित गरेसँगै सांसदको पदावधिका लागि चिट्ठा हाल्ने बाटो खुलेको हो । संविधानले एक तिहाइ सांसदको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था गरेकाले एक तिहाइको २ वर्ष, अर्को एक तिहाइ ४ वर्ष र अर्को एक तिहाइको ६ वर्ष कार्यकालका लागि चिट्ठा हालिनेछ ।
५९ सदस्यीय राष्ट्रियसभामा १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र अर्को २० जनाको ६ वर्ष कार्यकाल हुने व्यवस्था नियमावलीमा छ । राष्ट्रियसभामा जुन सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्य बीच गोला हालेर पदावधि निर्धारण गरिनेछ ।
पदावधि निर्धारण गर्न खुला, महिला, मनोनीत तथा दलित÷अल्पसंख्यक गरी ५ वटा क्लस्टर बनाइएको छ । ७ वटा प्रदेशबाट खुलामा ३ र महिलामा ३ जना सदस्य निर्वाचित भएका थिए । अब प्रत्येक प्रदेशबाट खुलामा आएका ३ जना सांसदबीच गोला हालिनेछ । त्यसरी गोला हाल्दा प्रत्येक प्रदेशमा एक जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्षको कार्यकाल निर्धारण हुनेछ । महिला कोटाका सांसद बीच पनि प्रदेशका ३ सांसद बीच गोला हाली २, ४ र ६ वर्ष कार्यकाल निर्धारण हुनेछ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया