काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा अहिले बसिरहेकाे छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केहीबेर अघिबाट बैठक जारी रहेकाे हाे ।
उनले आजको बैठकमा आगामी ११औं राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताउनुभयो । एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
यस्तै, आजको बैठकले महाधिवेशन प्रतिनिधि छनोट मापदण्ड बनाउनुका साथै महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नेछ ।































प्रतिक्रिया