काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आगामी ५ वर्ष भित्र देशको कार्यकारी राष्ट्रपति बन्ने भएका छन् । "/>

दाहाल पाँच वर्ष भित्र कार्यकारी राष्ट्रपति : नेता पौडेल

दाहाल पाँच वर्ष भित्र कार्यकारी राष्ट्रपति : नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आगामी ५ वर्ष भित्र देशको कार्यकारी राष्ट्रपति बन्ने भएका छन् । दाहालले केही दिन अघि पोखरा पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी लागु गर्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले दलहरुबीच सहमति भइसकेको र निकट भविष्यमा संविधान संशोधन गरेर यसलाई लागु गरिने बताएका थिए । यो भनाईले नेपाली राजनीतिमा तरंग नै ल्याएका बेला शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेकपाका नेता देवेन्द्र पौडेलले आगामी पाँच वर्ष भित्रै नेकपाका अध्यक्ष दाहाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । नेकपाका स्थायी समिति सदस्य पौडेल दाहालनिकट नेता हुन् ।

दाहाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्न तयार भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘अहिले व्यक्तिगत कुरा नगरौं, व्यक्तिको विषयमा कुरा गर्दा अलिक हतारो पनि हुन्छ, तर प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य हुनुहुन्छ, यदि यो प्रणालीमा भोलि कुनै तरिकाले गयौं भने स्वभाविक रुपमा उहाँ नै सशक्त उम्मेद्धवार हो ।’

नेता पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयमा आफूहरुले संविधान बनाउँदा नै फरक मत राखेको स्मरण गराउँदै भने, ‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दा पनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ, तर हाम्रो पार्टी नेकपा भित्र यसले कुनै आकार लिएको छैन ।’
नागरिकबाट

Logo