संसार विचित्रको छ । यहाँ कहिल्यै नसोचिएका घटनाहरु पनि देख्न, सुन्न पाइन्छ । यो एउटा त्यस्तै प्रसंग हो । प्रसंग साइबेरियाको हो । त्यहाँ एउटा अनौठो घटना बाहिर आयो । त्यहाँको लूजीनो क्षेत्रमा एक व्यक्ति आफ्नो घरको बगैंचामा आलु खनिरहेका थिए ।
अचानक माटो खनिरहेको समयमा उनको हातमा मानव खप्पर फेला प-यो । यसरी अनपेक्षित मान्छेको खोपडी निस्किएपछि उनको होश उड्यो । यो कसको खोपडी हो ? कसरी यहाँ आइपुग्यो ? उनले यस्ता प्रश्नहरु सोच्न नपाउँदै पछाडि रहेकी पत्नीले भनिन्, ‘नडराउ ।’
उनले पत्नीतर्फ ध्यान दिए । पत्नी भन्दै थिइन्, ‘डराउनु पर्दैन, यो मेरो पहिलो पतिको खोपडी हो । उनी मेरै हातबाट मरेको थियो, २० बर्षअघि ।’ यो घटना सुनेपछि उनका दोस्रो पत्नी नराम्ररी विच्किए । पत्नीले विस्तारमा भनिन्, ‘यो कुरा २० बर्ष पुरानो हो ।
मेरो पहिलो पति एकदमै मदिरापान गर्थे । उनी त्यसदिन पनि मदिरा पिएर आएका थिए । त्यही झोंकमा मैले उनलाई बन्चरोले हानिदिएँ । उनको तत्कालै मृत्यु भयो ।’ ६० बर्षिय पत्नीले दोस्रो पतिलाई शान्त तुल्याउँदै भनिन्, ‘अब सबैकुरा भुलिदेउ ।’
तर दोस्रो पति शान्त भएनन् । उनले प्रहरीलाई त्यही व्यहोराको खबर सुनाए । प्रहरीका अनुसार महिलाले आफ्नो गल्ती कबुल गरेकी छिन् । प्रहरीले उत्खनन गरेपछि त्यहाँ एउटा मान्छेको पुरा कंकाल फेला पर्यो । प्र
हरीका अनुसार महिलाले ५२ बर्षअघि पतिलाई टुक्रा टुक्रा पारेर गाडेकी थिइन् । त्यसमाथि उनी आलु रोप्ने गर्थिन् । छिमेकीले उक्त महिलालाई उनका पतिबारे सोधीखोजी गर्थे । त्यसबेला पत्नीले भन्छिन्, उनी कामको लागि कतै टाढा गएका छन्, अहिलेसम्म आएका छैनन् ।
प्रहरीको अनुसार महिलाको उक्त अपराध एकदम गंभिर छ । अब उनलाई १० बर्षको जेल सजाय हुन्छ ।





























प्रतिक्रिया