काठमाडौं । विश्वकप नजिकिदै जाँदा यससँग सम्बन्धित अनेक किस्सा सुनिन थालिएको छ । यो पनि त्यस्तै रोचक किस्सा हो, तर दुखान्त । हुआ युंमा सन् १९६६ मा हुनेवाला विश्वकप चार महिनाअघि चोरी भएको थियो । यो खबरले ठूलो सनसनी मच्यायो । यसलाई तत्परताकासाथ खोज्न थालियो । लाख प्रयास गर्दा पनि लन्डन प्रहरीले यसमा सफलता हासिल गर्न सकेन ।
त्यसैबेला डेव आफ्ना कुकुर पिकललाई लिएर घुम्न निस्किए । तब पिकल आफ्नै छिमेकीको कार वरीपरी घुम्न थाल्यो । कुकुरको मालिकलाई कौतुहलता भयो, आखिर कुकुरले के खोजिरहेको छ ? के गरिरहेको छ ?
यत्तिकैमा नजिकै एउटा अखबारले लपेटिएको केही बस्तु भेटियो । उनले कतिपनि ढिलो नगरी त्यो अखबार खोले । खासमा त्यसभित्र फिफा विश्वकप थियो । पिकलको यही कामले उसलाई रातारात स्टार बनाइदियो ।
विश्वकप खोज्नका लागि र देशको शाख बचाउनका लागि पिकलले जुन योगदान गर्यो, त्यसबापत उसलाई पुरस्कृत गरियो । उनलाई नगद पुरस्कारसहित जीवनभर खानका लागि खाद्य सामाग्री निःशुल्क दिइयो । तर, दुभाग्र्य । उनले आफुले पाएको इनाम जीवनभर उपभोग गर्न पाएनन् । अर्को बर्ष एक दुर्घटनामा उसको मृत्यु भयो ।
सन् १९६६ को यो विश्वकपमा ईग्ल्याण्डले वेस्ट जर्मनीलाई चारको विरुद्ध दुई गोलले हरायो । ईग्ल्याण्डको भलै टुर्नामेन्ट जित्यो, तर टुर्नामेन्ट केवल पिकलको कारण नै सम्भव भएको थियो ।































प्रतिक्रिया