‘ओलीको घरफर्क प्रस्ताव भ्रमको जाल’ -एकीकृत समाजवादी

‘ओलीको घरफर्क प्रस्ताव भ्रमको जाल’ -एकीकृत समाजवादी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकताको निर्णयबाट अत्तालिएर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘घरफर्क’ भन्ने भ्रम जाल फ्याँकेको आरोप लगाएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले नेकपा (माओवादी केन्द्र), विप्लब समूहबाट विद्रोह गरेर पुनर्गठन भएको नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा ( समाजवादी), जनसमाजवादी लगायतका पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियाे । तर एकताप्रतिको विरोधमा भ्रम फैलाइएको भन्दै ओलीमाथि एकीकृत समाजवादीले कटाक्ष गरेकाे हाे ।

विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली (एमाले अध्यक्ष) ले घर फर्क भन्ने जाल फ्याँकेका छन्। हामी बीचको एकता प्रक्रिया भाँड्ने यो उनको दुष्प्रयास मात्र हो। यसबाट कोही पनि भ्रमित नहुन र सिंगो पार्टी पंक्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन पार्टी हार्दिक आहान गर्दछ।’

साथै बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद, रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद, र सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहने सहमति भएको जनाएकाे छ।

Logo