धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

केन्द्रबिन्दु
6
Shares

जनकपुरधाम । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको हो ।

जयान गुमाउनेमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राई रहेका छन् ।

अन्य दुईजना बालबालिका गम्भीर घाइते भएको र उनीहरुको उपचार भइरहेको जानकारी दिए ।

Logo