बालेनको स्टाटसमाथि मन्त्री महावीर पुनको व्यंग्य

बालेनको स्टाटसमाथि मन्त्री महावीर पुनको व्यंग्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन् । उनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् ।

गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि शिक्षामन्त्री पुनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

अहिले मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।

Logo