न्युरो अस्पतालको आइसियू कक्षमा उपचाररत डा. उपेन्द्र देवकोटालाई नेप्लिज सोसाइटी अफ न्युरोसर्जन्सले मानार्थ अध्यक्षबाट विभूषित गरेको छ । सोसाइटीले शनिवार बिहान देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको हो।
सोसाइटीका अध्यक्ष डा. मोहनराज शर्मा, उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईं लगायतका न्युरो सर्जनहरु उपाधि हस्तान्तरण कार्यक्रममा सहभागी थिए।
उपाधि ग्रहण गर्दै डा देवकोटाले आफूलाई खुसी तुल्याएको बताए। डा. देबकोटाको अबस्था स्थिर रहेको अस्पतालले जनआएको छ ।





























प्रतिक्रिया