काठमाडौँ । नेपाली कांग्रेसका युवाहरुले पटक पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन् । उनीहरुले सानेपा पार्टी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले नियमित महाधिवेशन गर्न या तत्काल केन्द्रीय समिति भंग गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको आज दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको थियो । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ ।
उक्त बैठक २०८२ कात्र्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ । शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तय गरेर स्थगित भएको थियो । यसैको विरोधमा काँग्रेस निकट युवाहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।































प्रतिक्रिया