काठमाडौँ

सन् १९५१ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना भए पनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको हो । "/>

विश्वकप विशेष : विश्वकपमा नेपालको सहभागिता छनोट चरणमा मात्रै !

विश्वकप विशेष : विश्वकपमा नेपालको सहभागिता छनोट चरणमा मात्रै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सन् १९५१ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना भए पनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको हो । फिफाको सदस्यता पाएको १५ वर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो । फिफाको आधिकारिकता पश्चात सन् १९७० देखि १९८५ सम्म सम्पन्न फिफा विश्वकपको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो ।

सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले अहिले सम्म ७ पटक प्रतिस्पर्धा गरिसकेको छ । यस क्रममा नेपालले खेलेको कुल २८ म्याचमा विपक्षी टोलीसँग १ सय १ गोल बेहोर्दा १६ गोल मात्र फर्काएको छ ।

सन् १९८६ मा मेक्सिकोले विश्वकप आयोजना गरेको थियो । फिफा विश्वकप प्रतियोगिताका लागि एसियाली छनोटमा सहभागी बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले फुटबलको महाकुम्भबाट परिचित विश्वकप फुटबलसँग पहिलो पटक नाता गाँसेको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले छनोटचरण अन्तर्गत एसिया महादेशबाट सहभागी २७ राष्ट्रलाई ‘ए’ र ‘बी’ गरी दुई क्षेत्रमा विभाजित गरी खेलायो । जस मध्ये प्रत्येकक्षेत्रमा चार उपसमूह बनेकोमा नेपाल क्षेत्र ‘बी’ को समूह १ मा परेपछि दक्षिण कोरिया र मलेसियाको चुनौती पाएको थियो । जस अनुरूप नेपालले छनोट चरणको पहिलो खेल सन् १९८५ मार्च २ मा भरिभराउ दशरथ रंगशालामा दक्षिण कोरियासँग खेलेको थियो ।

सो खेलको ३५ औं मिनेटमा रूपकराज शर्माको आत्मघाती गोलबाट मध्यान्तर सम्म नेपाल १–० ले पछि परेको थियो । यस्तै ६४ औं मिनेटमा दक्षिण कोरियाका ली ते होले पेनाल्टी मार्फत गोल थपेपछि नेपाली टोली २–० ले पराजित भयो । यस्तै समूह चरण अन्तर्गत मार्च १६ मा भएको दोस्रो खेलमा नेपाललाई दशरथ रंगशालामा मलेसियाले पनि २–० ले नै पराजित गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo