काठमाडौँ । सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । नेपालल सरकारले गत असोज २० मा मन्त्रिपरिषद्को बैठकबाट ८ वटा देशका लागि नियुक्त नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
प्रभावित राजदूतहरूमा भारत, अमेरिका, चीन, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र साउदी अरबका रहेका छन्। यो निर्णयलाई राजनीतिक प्रतिशोध र संवैधानिक प्रावधानविपरीत भएको भन्दै पूर्वराजदूतहरू तथा कानुनी विशेषज्ञहरूले गत कात्तिक २५ मा सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा संविधानको धारा २६६ (कूटनीतिक नियुक्ति) र राष्ट्रपतिको सिफारिस प्रक्रियामा प्रश्न उठाइएको थियो।































प्रतिक्रिया