१५ दिनमा पूरा होला बन्चरेडाँडाबासीको माग ? [भिडियो]

१५ दिनमा पूरा होला बन्चरेडाँडाबासीको माग ? [भिडियो]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध तत्कालका लागि हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।

कुलमान घिसिङको प्रतिबद्धतासँगै बञ्चरेडाँडा पुगे फोहर बोकेका गाडी

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ती राखिने, अनुगमन समिति बनाइने

Logo