काठमाडौं । कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ ओटा कथा समावेश छन् ।
यस कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनाहरूलाई समेटेका छन् । मानिसका ढोङ्ग र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि कथाहरू भन्न सकिन्छ ।
शिक्षण पेसाबाट निवृत्त कथाकार सयपत्री समाजको पिँधमा रहेका भूइँमान्छेका कथा लेख्न रुचाउने लेखक हुन् । उनका कथामा ग्रामीण जनजीवनको झल्को पाइन्छ । महिला बालबालिका उत्पीडित वर्ग साथै सामाजिक तथा राजनीतिक विकृति उनको लेखनका मूल विषयवस्तु रहँदै आएका छन् ।
रामेछाप मन्थलीका स्थायी बासिन्दा सयपत्रीका यसअघि ‘सत्ताकवच’, ‘मखमलीका राजाहरू’ र ‘बादसाहको आटोग्राफ’ कथासङ्ग्रह एवम् ‘सीमान्त विचलन’ उपन्यास प्रकाशित छन् । परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य रु ४५० रहेको छ ।





























प्रतिक्रिया