कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाका पिता जीवननाथ खतिवडाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

कार्यवाहक सभापति खड्काको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी पार्टीका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति खतिवडाका बुबाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

कार्यवाहक सभापति खड्काले खतिवडाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन्। खतिवडाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ ।

दमसम्बन्धी समस्या खेप्दै आउनुभएका ७८ वर्षीय जीवनाथको आइतबार राति डिल्लीबजारस्थित निवासमा निधन भएको हो ।

Logo