डोटी

सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीन जना कामदार घाइते भएका हुन् । "/>

निर्माणमा लापर्बाहिको यो हदः बनाइनसक्दै भाँचियो सेती नदीको पुल !

निर्माणमा लापर्बाहिको यो हदः बनाइनसक्दै भाँचियो सेती नदीको पुल !

केन्द्रबिन्दु
0
Shares

डोटी

सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीन जना कामदार घाइते भएका हुन् ।

निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल भाँचिएको हो । पुल भाँचिदा घाइते तीन मध्ये एकको अवस्था गम्भीर छ । गम्भीर घाइतेको थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य घाइतेहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सुनसरीको औराहवनीका २४ वर्षीय दिलिपकुमार यादव, त्यही ठाउँका गम्भीर घाइते २० वर्षीय यवराज चौधरी र त्यही ठाउँकै २२ वर्षीय सुकेत ऋषिदेव रहेका छन् । काम गरिरहेका बेला पुलको दुवैतर्फका टावरहरु (पिलर) भाँचिएर नदीमा खसेको छ । पुलका लठ्ठाहरु नकसिएका कारण टावर भाँचिएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दिपायलका ईन्चार्ज दिलबहादुर कुवँरले बताए ।
अन्नपूर्णबाट

Logo