काठमाडाैं । युईएफए च्याम्पियन्स लिगमा इङ्लिस क्लब आर्सनलले चेक गणतन्त्रको क्लब स्लाभिया प्रागलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ।
प्रागमा भएको यो खेलमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्दै समूह चरणमा आफ्नो अपराजित यात्रालाई कायम राख्यो । आर्सनलका लागि मिडफिल्डर मिकेल मेरिनोले दुई गोल गरे भने बुकायो साकाले एक गोल थपे।
खेलको ३२औं मिनेट मा पेनाल्टीमार्फत साकाले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। साथै मेरिनोले दोस्रो हाफको सुरुमै ४६औं मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे। उनले आफ्नो दोस्रो र टोलीका लागि तेस्रो गोल ६८औं मिनेट मा गर्दै जित सुनिश्चित गरे।
प्रतिस्पर्धी टोली स्लाभिया प्रागले भने आर्सनलको बलियो रक्षापंक्ति तोड्न सकेन र गोलविहीन बन्न पुग्यो।































प्रतिक्रिया