काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । "/>

नेकपा र संघीय फोरम वीच एकताका लागि अनौपचारिक छलफल

नेकपा र संघीय फोरम वीच एकताका लागि अनौपचारिक छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भए सँगै पार्टी एकताका लागि अनौपचारिक छलफल सुरु भएको हो ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार नेकपा र फोरम नेपालबीच पार्टी एकताका लागि छलफल भए पनि त्यसले औपचारिकता पाउन सकेको छैन । शीर्ष नेताहरूबीच पार्टी एकताका लागि छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रूपमा नआएको स्रोतको दाबी छ ।

उता नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए । नेता पौडेलले नेकपा र फोरम नेपालका शीर्ष नेताबीच सरकारमा सहभागिता विषयमा हस्ताक्षर हुँदै गर्दा पार्टी एकताका लागि अनौपचारिक छलफल भएको बताए ।

‘दुवै पार्टीका शीर्ष नेताहरूबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो,’ पौडेलले भने, ‘नेकपाका नेताले फोरम नेतालाई सरकारमा मात्रै किन सहभागी हुने, पार्टी एकता नै गरौं भन्ने प्रस्ताव राखेका थिए । दुई पार्टीका शीर्ष नेतृत्वबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भए पनि त्यसले औपचारिकता पाउन नसकेको उनको भनाइ थियो ।
राजधानीबाट

Logo