वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ७ रनले हरायो

वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ७ रनले हरायो

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । वेस्ट इन्डिजले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ७ रनले पराजित गरेको छ । यो जितसँगै वेस्ट इन्डिजले शृंखलामा १-० को अग्रता लिएको छ।

न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि ब्याटिङमा शाई होपले सर्वाधिक ३९ बलमा ५३ रन बनाएका थिए।

जवाफमा, न्युजिल्यान्डले २० ओभरमा ९ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो। न्युजिल्यान्डको तर्फबाट ब्याटिङमा मिचेल स्यान्टनरले २८ बलमा अविजित ५५ रनको उत्कृष्ट इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

वेस्ट इन्डिजको जितमा रोस्टन चेजले अलराउन्ड प्रदर्शन गर्दै महत्वपूर्ण भूमिका निभाए। उनले पहिले ब्याटिङतर्फ २७ बलमा २८ रन बनाए भने बलिङतर्फ ४ ओभरमा मात्र २६ रन दिएर ३ विकेट लिए ।

Logo