काठमाडाैं । युईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले जर्मन क्लब डर्टमुन्डमाथि ४-१ को सानदार जित दर्ता गरेको छ।
म्यान सिटीको जितमा युवा स्टार फिल फोडेनले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले २२ औँ र ५७ औँ मिनेटमा गोल गरेका थिए।
खेलको सुरुदेखि नै बलमा नियन्त्रण जमाएको सिटीका लागि अर्का स्ट्राइकर एर्लिङ हालान्डले पनि २८औँ मिनेटमा एक गोल थपे। सिटीको गोल वर्षाको समापन खेलको इन्जुरी समयमा रायन चेर्की ले गोल गरेर गरे।
उता, डर्टमुन्डका लागि भने खेलको ७२ औँ मिनेटमा वाल्डेमार एन्टोनले सान्त्वना गोल फर्काएका थिए। सिटीको बलियो आक्रमण र उत्कृष्ट फिनिसिङसामु डर्टमुन्ड निरिह साबित भयो।





























प्रतिक्रिया