काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । "/>

२ हजार घरधुरी थप लाभग्राहीको सूचीमा

२ हजार घरधुरी थप लाभग्राहीको सूचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजनिक गरेको छ । जसअन्र्तगत २ हजार ७८ घरधुरी पुनर्निर्माण लाभग्राहीमा परेका छन् भने २ सय ६३ जना प्रबलीकरण लाभग्राहीमा समावेश भएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले बताए ।

शुक्रबारको निर्णयअनुसार गोरखाका आरुघाट र अजीरकोट गाउँपालिका, सिन्धुपाल्चोकका इन्द्रावती र सुनकोसी गाउँपालिका, काठमाडौंका बुढानिलकण्ठ, चन्द्रागिरी, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौं महानगरपालिका छन् । यसअघि प्राधिकरणले गुनासो सुनुवाई मार्फत विभिन्न जिल्लाका १८ गाउँपालिका र २ नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही र ५ हजार ५ सय १ जनालाई प्रबलीकरण लाभग्राहीमा समावेश गरिसकेको छ।

विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकिन गरी थप प्रमाणीकरण गर्नु परेकाले लाभग्राहीहरूको छनोटमा केही ढिलाइ भएको हो। हाल विशेष प्राथमिकताका साथ यो कार्य भइरहेकाले आगामी जेठ मसान्त भित्रमा सर्वेक्षण भई केन्द्रमा आएको तथ्यांकबाट लाभग्राहीको पहिचान कार्य सम्पन्न भई स्थानीय तहमा सूची पठाइने सूचना अधिकारी घिमिरे बताए ।
नेपाल समाचारपत्रबाट

Logo