डोल्पा
घरको मूल ढोकामा ठूला ताला लागइएका छन् । अनि कुल देवताका ध्वजा त्यसै तालामा बाँधिएका छन् । अधिकांश गाउँमा साना बालबालिका, वृद्धवृद्धा र कुकुर बाहेक घरमा कोही छैनन् । बालबालिका र वृद्ध नहुनेका घरमा भने तालासँगै कुल देवताका ध्वजा मात्र झुन्डिएका छन् ।
पुस्तौ देखिको सम्पति र जीवनभर बास बस्ने घर कुल देवताको ध्वजाको भरमा छोडिएको छ । जस्को घरमा जतिनै सम्पत्ति भए पनि देवताले सुरक्षा गर्छन् भन्ने विश्वास छ । यही विश्वासमा महिनौं सम्म घर छोडेर सबै परिवार यार्सा टिप्न पाटन पुगेका छन् ।
रुकुमको कुमपुथा उत्तरगंगा गाउँपालिकाकी यार्चा संकलक माया पुन मगरले दुःख सुनाइन् । ‘आम्दानीको स्रोत भने पनि जागिर भने पनि यार्सागुम्बा हो’, पुनले भनिन्, ‘रुकुमबाट हप्तादिन हिँडेर डोल्पाको चिनाराङसीको पाटनमा आइपुगेकी छु ।’
यार्चागुम्बा संकलनका लागि भनेर सानासाना बालिका समेत विद्यालय छोडेर डोल्पाका हिमाली पाटनमा पुगेका छन् । वृद्ध देखि साना बालबालिका र बच्चाका आमा समेत जाने भएकाले एकै पटक सबैका लागि वन खुल्ला गर्ने प्रचलन रहेको सामुदायिक वनका अध्यक्ष सुर्वण बुढाले जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया