काठमाडौं । जेनजी लिडर सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालकाे कार्यशैलीमाथि नै प्रश्न उठाएका छन् ।
निकोलस भुषालले दिएका विवादित अभिव्यक्तिका कारण पक्राउ हुनुलाई स्वाभाविक माने पनि, पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पनि पटक-पटक दिएका उस्तै प्रकृतिका भड्काउपूर्ण अभिव्यक्तिमाथि सरकार मौन बसेकोमा उनले आपत्ति जनाएका हुन्।
उनले भनेका छन्- ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो ?’
गुरुङले आन्दोलन हार्दै गएकाे हाे की भन्नेमा निराशा पनि व्यक्त गरेका छन्।





























प्रतिक्रिया