हङकङ सिक्सेसः नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य, राशिदको अर्धशतक

हङकङ सिक्सेसः नेपालले भारतलाई दियो १३८ रनको लक्ष्य, राशिदको अर्धशतक

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ६ ओभरमा विना विकेटको क्षति १३७ रन जोडेको हो ।

नेपालका लागि राशिद खानले मात्र १७ बलमा ६ छक्का र ४ चौकाको मद्दतले ५५ रन बनाए । ३२३.५२ को स्ट्राइक रेटका साथ उनले टोलीलाई आक्रामक लय दिए पनि ‘रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भए।

साथै कप्तान सन्दीप जोराले पनि १२ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै आक्रामक ४७ रन बनाएर क्रिजमा नट आउट रहे । उनको स्ट्राइक रेट ३९१.६६ रह्यो। क्रिजमा आएका लाेकेश बमले पनि आक्रामक प्रदर्शन गरे । उनले ७ बलमा ४ छक्का र १ चौकाको सहायताले ३१ रन जोडे। उनको स्ट्राइक रेट ४४२.८५ रहेको छ।

भारतका कुनै बलरले विकेट लिन सकेनन् ।

Logo