हङकङ सिक्सेसः नेपालले भारतलाई ९२ रनले हरायो

हङकङ सिक्सेसः नेपालले भारतलाई ९२ रनले हरायो

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ मा नेपालले भारतमाथि ९२ रनको फराकिलो जित दर्ता गरेको छ । यो नेपालको पहिलो जित हो ।

नेपालले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतले ३ ओभरमा ४५ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बलर सामू भारतका कुनै पनि खेलाडीले चौका छक्काको वर्षा गर्न सकेनन् । कप्तान दिनेश कार्तिक ७ रनमै समेटिँदा प्रयांक पंचालले १२ रन र भरत चिप्ली १२ रन जाेडे । यद्यपि, नेपालका बलरहरूले भारतीय ब्याटिङलाई तहसनहस पार्न धेरै समय लगाएनन्।

ब्याटिङमा चम्किएका राशिद खानले बलिङमा पनि आफ्नो जादू देखाए। उनले आफ्नो एक ओभरमा मात्र ७ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए।

बसिर अहमदले १ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उनले भारतीय कप्तान दिनेश कार्तिकको महत्वपूर्ण विकेट लिएका थिए । रुपेश सिंहले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ६ ओभरमा विना विकेटको क्षति १३७ रन जोडेको थियाे । नेपालका लागि राशिद खानले मात्र १७ बलमा ६ छक्का र ४ चौकाको मद्दतले ५५ रन बनाए । ३२३.५२ को स्ट्राइक रेटका साथ उनले टोलीलाई आक्रामक लय दिए पनि ‘रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भए।

साथै कप्तान सन्दीप जोराले पनि १२ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै आक्रामक ४७ रन बनाएर क्रिजमा नट आउट रहे । उनको स्ट्राइक रेट ३९१.६६ रह्यो। क्रिजमा आएका लाेकेश बमले पनि आक्रामक प्रदर्शन गरे । उनले ७ बलमा ४ छक्का र १ चौकाको सहायताले ३१ रन जोडे। उनको स्ट्राइक रेट ४४२.८५ रहेको छ।

भारतका कुनै बलरले विकेट लिन सकेनन् ।

Logo