बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
9
Shares

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय विकास यादव रहेका छन् ।

दुर्घटनामा परेर अर्का एकजना भने घाइते भएका छन् । भने घाइते हुनेमा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी रहेका छन् ।

राजापुरदेखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडक अन्र्तगत राजापुर नगरपालिका वडा १० जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनासाथ दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाईते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए ।

Skip This
Skip This
Logo