त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालका लागि उडान बन्द, जहाजहरु आकाशमै होल्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्कालका लागि उडान बन्द, जहाजहरु आकाशमै होल्ड

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गरिएको छ ।

रन वे किनारका लाइटमा समस्या देखिएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण अर्को सूचना नआउँदासम्म बन्द गरिएको हो । रनवे लाइटिङ प्रणाली भनेको रनवेलाई राति उज्यालो बनाउन प्रयोग गरिने बत्तीहरू हुन्, जसमा केन्द्रमा र छेउछाउमा हुने बत्तीहरू तथा एप्रोच लाइटहरू पर्छन् । 

हाल विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू रोकिएको छ । शनिबार साँझ ५ः३० बजेदेखि समस्या सुरु भएको हाे ।

Logo