काठमाडाैं । इंग्लिस प्रिमियर लिगअन्तर्गतकाे सनसनीपूर्ण खेलमा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन्।
खेलको ३२औँ मिनेटमा ब्रायन म्ब्युमोले गोल गर्दै युनाइटेडलाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ८४औँ मिनेटमा स्थानापन्न खेलाडी म्याथिस टेलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
यसपछि, ९० मिनेटपछिको इन्जुरी टाइमको पहिलो मिनेटमा रिचार्लिसनले हेडरमार्फत गोल गर्दै टोटनह्यामलाई २-१ को अग्रता दिलाए। टोटनह्यामको जित सुनिश्चित भएको जस्तो देखिँदै गर्दा, इन्जुरी टाइमको छैटौं मिनेटमा युनाइटेडका डिफेन्डर म्याथिज डी लिग्टले उत्कृष्ट हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा टुङ्ग्याए।
दुवै टोलीले एक-एक अंक बाँडेका छन्। यो बराबरीले दुवै टोलीलाई लिग तालिकामा दोस्रो स्थानमा उक्लिनबाट रोक्यो।





























प्रतिक्रिया