वेस्ट इन्डिजलाई न्यूजिल्याण्डले दियाे १७८ रनको लक्ष्य

वेस्ट इन्डिजलाई न्यूजिल्याण्डले दियाे १७८ रनको लक्ष्य

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजलाई जितका लागि १७८ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरमा न्यूजिल्याण्डले ९ विकेट गुमाउँदै १७७ रन बनाएको हाे ।

न्यूजिल्याण्डका लागि ओपनर डेभन कन्वेले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ५६ रन बनाए। उनले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। कन्वेलाई राम्रो साथ दिँदै ड्यारेल मिचेलले आक्रामक २४ बलमा ४१ रन बनाए भने रचिन रविन्द्रले १५ बलमा २६ रन जोडे ।

वेस्ट इन्डिजका बलरहरूमध्ये म्याथ्यु फोर्डेले सबैभन्दा कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र २० रन खर्चेर २ विकेट लिए । यस्तै, जेसन होल्डरले पनि २ विकेट लिएर न्यूजिल्याण्डको मध्यक्रमलाई दबाब दिएका थिए।

Logo