इमरान ताहिरले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

इमरान ताहिरले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका दिग्गज क्रिकेटर इमरान ताहिरले जनकपुर बोल्ट्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।

मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको आइतबार जानकारी दिएको हो।

ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। ४६ वर्षिय ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि ताहिर विश्वभरका विभिन्न फ्रेन्चाइज लिग आईपिएल, सीपिएल, पीएसएलमा सक्रिय छन् र निरन्तर विकेट लिइरहेका छन्। आईपीएल २०१९ मा उनले चेन्नई सुपर किंग्सका लागि सर्वाधिक २६ विकेट लिँदै पर्पल क्याप जितेका थिए।

Logo