विराटनगर

प्रदेश नं १ को वर्षे अधिवेशन बिहिबारबाट शुरु भएको छ । प्रदेशसभाको हिजो बसेको बैठकमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त प्रदेशसभा आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि वर्षे अधिवेशन शुरु भएको हो । "/>

प्रदेश नं १ को वर्षे अधिवेशन बिहिबार बाट शुरु

प्रदेश नं १ को वर्षे अधिवेशन बिहिबार बाट शुरु

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश नं १ को वर्षे अधिवेशन बिहिबारबाट शुरु भएको छ । प्रदेशसभाको हिजो बसेको बैठकमा प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त प्रदेशसभा आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि वर्षे अधिवेशन शुरु भएको हो ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति सहित ३७ बुँदे सरकारको प्राथमिकता प्रस्तुत गरे ।

सो विनियोजन विधेयकमा नेपालको संविधान, २०७२ मा व्यवस्था भएको मौलिकहकहरु, दिगो विकास लक्ष्यले इङ्गित गरेका सूचकहरु, वामपक्षीय चुनावी घोषणापत्र, सङ्घीय सरकारद्वारा प्रस्तुत गरिएका विनियोजन विधेयक, २०७५ का सिद्धान्त तथा प्राथमिकता, प्रदेश सरकारको मार्गचित्र र चालू आर्थिक वर्षको बजेटले अघि सारेका कार्यक्रमलाई आधारका रुपमा प्रस्तुत गरिएको छ ।

यो प्रदेशमा निरपेक्ष गरिबीका रेखामुनि रहेका जनताको आर्थिकस्तर उकास्न यथेष्ट स्रोत परिचालन गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र तथा लोककल्याणकारी राज्यको विकासमा टेवा पु¥याउन निजी र सहकारीसँग सहकार्य गर्ने सिद्धान्तको परिपालन गर्ने प्रस्तुत विधेयकमा उल्लेख छ ।
रासस

Skip This
Skip This
Logo