लिभरपुलमाथि सिटीको शानदार जित

लिभरपुलमाथि सिटीको शानदार जित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत महत्वपूर्ण खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै सिटीले उपाधि दौडमा आफ्नो बलियो दाबी प्रस्तुत गरेको छ ।

घरेलु मैदानमा भएको यस खेलमा सिटीका लागि नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले २९ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा निको गोन्जालेजले गोल गरेपछि सिटी २-० को सहज स्थितिमा पुग्यो।

दोस्रो हाफमा पनि सिटीले आफ्नो दबदबा कायम राख्यो। ६३ औं मिनेटमा जेरेमी डोकुले उत्कृष्ट फिनिसिङ गर्दै तेस्रो गोल थपेपछि लिभरपुलमाथि सिटीको जित सुनिश्चित भयो।

लिभरपुलले खेलमा कुनै पनि गोल फर्काउन सकेन र यस सिजनको सबैभन्दा ठूलो हार भोग्न पुग्यो।

Skip This
Skip This
Logo